अब नाँचेरै बाँच्छु : नृत्य प्रशिक्षक खड्का

प्रदीप खड्का नृत्य प्रशिक्षक हुन् । सानो उमेरदेखि नै नृत्य गर्न थालेका उनी स्थानीय, जिल्ला, क्षेत्रीय र राष्ट्रिय नृत्य प्रतियोगितामा सहभागी भइसकेका छन् । २०६२ सालदेखि गायन र नृत्यको क्षेत्रमा सक्रिय खड्का छाटो समयमै नृत्यको क्षेत्रमा स्थापित हुँदैछन् । उनै नृत्यकार खड्कासँग गरिएको कुराकानीको सार संक्षेप :

कहिलेदेखि नृत्य गर्न थाल्नु भएको हो ?
म हाइस्कूल पढ्दाखेरी नै नृत्य गर्थे । स्कूलका प्रतियोगितामा अधिकाँशमा म नै प्रथम हुन्थे । निम्न माध्यमिकमा पढ्दा नै स्कूलका कार्यक्रमहरुमा नृत्य गर्ने भएकाले अभिभावक, शिक्षक र सहपाठीहरुले मलाई यही क्षेत्रमा लाग्न हौसला दिन्थे । उहाँहरुको हौसला र प्रेरणाकै कारण म यो क्षेत्रमा स्थापित हुन खोजिरहको छु ।

मूख्य प्रेरणाको श्रोत कसलाई ठान्नुहुन्छ ?
मेरा अभिभावक, स्कूलका गुरुहरु सबै मेरो प्रारम्भिक प्रेरणाका श्रोत हुन् । मलाई व्यवासायिक डान्सर बनाउन राजधानीको बबरमहलस्थित सत्यवती कला केन्द्र र त्यसमा पनि लोक तथा दोहोरी गीतमा क्रियाशील उदिराम खड्काको विशेष हात छ । उहाँकै कारण म अहिले कलाकार भएको हुँ । म सत्यवती कला केन्द्रमा अहिले नृत्य प्रशिक्षक पनि हुँ । कला केन्द्रबाटै उनी देशका विभिन्न स्थानका सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने अवसर पाए । यो पनि मेरा लागि ठूलो अवसर बन्यो । कुनै बेला नृत्य र गायन कलाकारका लागि सौखको विषय मात्र थियो । म पनि सौखिन बनेर नै प्रवेश गरेको हुँ । त्यत्तिबेला कुनै पुरस्कार नै नपाए पनि राम्रो नृत्य गर्ने ब्यक्तिलाई सम्मान हुन्थ्यो । स्याबासी खुब पाइन्थो । मलाई धेरै जनाले तँ भविष्यमा राम्रो डान्सर बन्छस् भनेर धाप मार्थे । त्यसैले मैले पनि नृत्यमै जोड दिएँ र नृत्यका लागि राजधानी प्रवेश गर्नु नै मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

के नाँच्नैकै लागि काठमाडौं प्रवेश गर्नु भएको हो त ?
हो म नाच्नकै लागि २०६६ सालमा राजधानी छिरे । त्यत्तिबेला गोरखामा राम्रो डान्स सिकाउने ठाउँ थिएन । मैले पनि राजधानी नै रोजे । अनि, बबरमहलस्थित सत्यवती कला केन्द्रमा नृत्य सिक्न थाले । कला केन्द्रबाटै उनी देशका विभिन्न स्थानका सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने अवसर पाए । अहिले नृत्य प्रशिक्षक पनि भएको छु । आफूले जानेको कुरा सिकाउँदा छुट्टै आनन्द आउँछ ।

सम्मान र पुरस्कार के के पाउनु भयो त ?
२०६८ सालमा गणतन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको

कला क्षेत्रमा स्थापित हुन कस्तो संघर्ष गर्नु प-यो ?  कार्यक्रममा नृत्य गरे वापत तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र मूख्य सचिव लीलामणि पौडेलबाट सम्मानित भएँ । त्यो क्षण म कहिल्यै बिर्सन्न । यो सम्मानले कला क्षेत्रमा लाग्ने झनै प्रेरणा मिलेको छ । अरु साना तिना सम्मान त कति पाइयो पाइयो । 

शुरु शुरुका दिनमा कतै कार्यक्रम छ भने केही पनि कुरा नबुझेरै निकै धाइयो । कहिले पानी चिउराकै भरमा पनि कति दिन बाँचियो । कोठा भाडा तिर्न टेण्ट हाउसमा काम गर्न गइन्थ्यो । त्यहाँ टन्नै खान पाइन्थ्यो । अलि अलि पैसा पनि हुन्थ्यो । यसरी कोठा भाडाको जोहो हुन्थ्यो तर कहिले त भोकै पनि बसियो तर नाच्न पाएको दिन सन्तुष्टिले भोक शोक हराउँथ्यो । अहिले त शुरुमै कति दिने भनेर वार्गेनिङ हुन्छ । चित्त नबुझे गइन्न । गाउने र नाच्ने दुबै काम गर्ने भएकाले मलाई हत्तपत्त नाइ भनिहाल्दैनन् । अहिले यसैबाट जिविकोपार्जन गरिरहेको छु । छोरालाई बोर्डिङ स्कूलमा पढाएकै छु । हिजो लुखुरलुखुर हिंडेर जानुपथ्र्यो अहिले मोटर साइकलमा घुँइकिन्छु । संघर्षको फल मीठो हुँदो रहेछ ।

अहिले नयाँ काम के गर्दै हुनुहुन्छ  ?
मेरो गायन नृत्य रहेको ‘बसौंला रोधीघर’ नामक गिती एल्बम र म्यूजिक भिडियो तयार भएको छ । मैले नृत्यका साथसाथै गाएको पनि छु । गीतमा मलाई केशव सिंजाली र सुनिता बीसीले साथ दिएका छन् ।

कला क्षेत्रको भविष्यको कस्तो देख्नुहुन्छ ?
‘शुरुमा सौखको रुपमा नृत्य क्षेत्रमा लागे । अहिले नृत्यबाटै जीविकोपार्जन भइरहेको छ । अब त नाचेर नै बाँच्न सकिन्छ । स्वदेश र विदेशमा नृत्यका लागि सहभागी हुने अवसरहरु आइरहेका छन् । चाँडै विदेशका कार्यक्रममा  सहभागी हुँदैछु । अब नाँचेर पनि बाँच्न सकिन्छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’