मुना–मदन गीतिनाटक मञ्चन

काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो ।

सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।

त्यस्तै आमाको भूमिकामा माया थापा, दिदीकोमा सीता कार्की, बहिनीकोमा अञ्जु रञ्जित तथा भोटेको भूमिकामा केशवराज राई हुनुहुन्छ । गीतिनाटकमा नारायणगोपाल, तारादेवी, कमला श्रेष्ठ, भुवन चन्द र नवीनकिशोर राईको स्वर तथा चन्द्रराज शर्माको सङ्गीत छ ।

मुना–मदन गीतिनाटक फरक समय, निर्माता, निर्देशक र कलाकारले मञ्चन गरेको यो चौथो पटक हो । सो अवसरमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले गीतिनाटकको लेखन र गायनमा जस्तै कलाकारले अभिनयमा पनि न्याय गरेको बताउनुभयो ।

गीतिनाटक यही भदौ २५ गते दोस्रो पटक मञ्चन गरिने निर्देशक शर्माले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’