शिक्षाको कमीले दक्ष जनशक्तिको अभाव : राष्ट्रपति

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्‍याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना भएकालाई टिकाउन अझै धेरै प्रयासको खाँचो औंल्याएका छन् ।

फोटोः रासस ।

३६औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित नेपाल विद्याभूषण र नेपाल छात्रा विद्यापदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गुणस्तरीय र व्यावसायिक शिक्षाको कमीले मुलुकमै पनि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति डा. यादवले रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पुगेका अदक्ष कामदारले कम ज्यालामा जोखिम र कठिन काम गर्नुपरिरहेको बताए ।

‘समाज र राष्ट्रको रुपान्तरण एवम् विकास गर्न र विनाशकारी भूकम्पबाट शैक्षिक क्षेत्रमा भएको अपूरणीय क्षतिको पुनर्निर्माण र पुनःस्थापना गरी युग सुहाउँदो शैक्षिक विकासका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष र साझेदार समेतको सहकार्य हुन जरुरी छ’–राष्ट्रपति यादवले भने ।

नेपालको संस्थागत विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकतालाई सम्बोधन गर्नसक्ने दक्ष एवं उत्पादनशील जनशक्ति विकासका लागि सबै तहमा गुणस्तरीय शिक्षाको समतामूलक पहुँच सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरे ।

स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट लिइएका विभिन्न संकाय र तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र विज्ञता समृद्ध नेपाल निर्माणमा खर्च गर्न उनले सुझाव दिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’