सशस्त्रको ४० इन्स्पेक्टरका लागि लिइएको परीक्षामा २५ जना मात्र पास

काठमाडौं, भदौ २२ । सशस्त्र प्रहरी बलले ४० जना इन्स्पेक्टरका लागि परीक्षा लिएकोमा २५ जना मात्र उत्तीर्ण भएका छन् ।

लोकसेवा आयोगद्वारा सञ्चालित लिखित परीक्षामा खुलातर्फ १९ जना तथा महिलातर्फ एकजना, आदिवासीरजनजातितर्फ चारजना र पिछडिएको क्षेत्रतर्फ एकजना उत्तीर्ण भएका छन् ।

पदपूर्तिका लागि खुलातर्फ २२, महिलातर्फ तीन, आदिवासीरजनजातितर्फ ६, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र पिछडिएको क्षेत्रतर्फ एकजना आवश्यक संख्याका लागि गत वर्ष ०७१ साल भदौ १५ गते खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो ।

लिखित परीक्षा उत्तीर्ण हुनेहरूमा किशोर डाँगी, वसन्त आचार्य, मौसम पोखरेल, रविन ढुंगेल, गणेश खनाल, सुजन रानाभाट, सन्तोषप्रसाद देवकोटा, रविन खकुराल छन् ।

यसैगरी, प्रदीप थापा, विजयकुमार महर्जन, रामकुमार लामिछाने, तेजबहादुर बोहरा, गंगाबहादुर कार्की, सन्तोष थापा र सन्तोष थापा नै नाम गरेका अर्का परीक्षार्थीसमेत लिखित परीक्षामा उत्तीर्ण भएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

त्यस्तै, गणेश खनियाँ, सञ्जय केसी, सम्झना देउजा, रामकुमार केसी, बुद्ध श्रेष्ठ, विमल बानियाँ, प्रेमकुमार राई, सचिन प्रधान, अभिषेक थापा र धर्मानन्द जोशी पनि उत्तीर्ण भएका छन् ।

खुला प्रतियोगितामा कुल पाँच सय तीनजनाले दरखास्त दिएका थिए । यसअघि सशस्त्र प्रहरी बलमा ४० जना सशस्त्र प्रहरी निरीक्षक पदका लागि ०६९ साल फागुन २३ गते खुला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरिएकोमा २४ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसवेला कुल नौ सय ३५ जनाले दरखास्त दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना