तेस्रो मुलुकतर्फ चेली बेचिने क्रम बढ्दो

फोटो: एजेन्सी

पर्वत, भदौ २१ । पछिल्लो समयमा चीन, कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ ।

केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो ।

भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो । खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चेतना र आर्थिक अभावका कारण पनि महिला बेचबिखनमा परेकाले सचेतना जगाउन जरुरी भएको बताए ।

तेस्रो मुलुकमा हुने महिलाको बेचबिखन रोक्नका लागि गाउँ तहसम्म जनचेतना जगाउन आवश्यक भएको उनको भनाइ थियो ।

नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो मुलुकमा जाने महिला बढी यौन हिंसामा पर्ने र जोखिमपूर्ण काममा लगाउने गरिएको छ ।

‘रोजगारीको राम्रो अवसर देखाउँदै तेस्रो मुलुकमा बेचबिखन हुने महिलालाई यौन क्रियाकलापमा समेत लगाउने गरिएको छ’–जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पन्तले भनिन्–‘झुक्याएर दलालले पठाउने र त्यहाँ पुगेपछि यौन क्रियाकलापमा लाग्न बाध्य पारिँदै आएको छ ।’

जिल्लामा राहदानी लिन आउनेलाई वैदेशिक रोजगारीका अवसर र जोखिमका बारेमा जानकारी गराउने उद्देश्यसमेत राखिएको उनले बताइन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना