तराईका चरा संकटमा

काठमाडौं, भदौ २० । खेतबारीमा विषादीको बढ्दो प्रयोग र चोरी सिकारीका कारण तराईमा पाइने चरा संकटमा परेको पाइएको छ । सिमसार तथा घाँसे भूमिको कमी र जनसंख्या वृद्धिका कारण कोलाहलपूर्ण वातावरणले तराईमा पाइने धेरै जातका चरा संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पक्षी संरक्षण संघले संकलन गरी सर्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा हाल एक सय ४९ प्रजातिका चराचुरुंगी संकटापन्न सूचीमा परेको खबर आइतबारको नयाँ पत्रिकामा समाचार छ ।
बासस्थान विनाशकै कारण ८४ प्रतिशत अर्थात् एक सय २८ प्रजातिका चरा संकटापन्न भएको पक्षी संरक्षण संघले जनाएको छ । बाँकी चरा विषादीको प्रयोग र चोरी सिकारीका कारण संकटमा परेको हिमालय नेचरका अध्यक्ष तथा वरिष्ठ चराविद् डा. हेमसागर बरालको भनाइ छ । उनले तराईपछि पहाड र हिमाली क्षेत्रमा पाइने चरा पनि संकटापन्न अवस्थामा रहेको बताए ।
नेपाल पक्षी संरक्षण संघका अनुसार नेपालमा कुल आठ सय ७१ प्रजातिका चरा पाइन्छ । त्यसमध्ये ६ सय ५० प्रजातिका चरा सधैँ नेपालमै बस्ने गर्दछन् । एक सय ५० प्रजातिका चरा हिउँदे र ६५ प्रजातिका चरा गर्मीमा बसाइसराइँ गरी नेपाल आउने आगन्तुक चरा हुन् ।
चराहरूको अस्तित्व संकटमा पर्नुको मुख्य कारण ‘डाइक्लोफेनिन औषधिको प्रयोग, बालीनालीमा विषादीको बढ्दो प्रयोग र वन विनाश नै मुख्य कारण भएको संघले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना