भारतले विराटनगर क्याम्प नहटाउने

काठमाडौं, भदौ २० । भारत सरकारले विराटनगरमा ७ बर्षदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने चेतावनी दिएको छ ।
भारतको विदेश मन्त्रालयले क्याम्प अफिसको सट्टा नेपाललाई रेसिप्रोटकल आधारमा भारतमा कन्सुलर अफिस खोल्न अनुमति दिने जनाएको छ ।
२०६५ सालमा पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण कोशी नदीको नियमित सडक मार्ग भत्किएपछि सवारी आवागमन सहजिकरणका लागि विहारहुँदै नेपाल छिर्नुपर्ने अवस्था आएको थियो । रुट परमिट दिन भारतले खोलेको कार्यालयलाई अहिले कुटनीतिक कार्यालयको रुपमा स्थापित भएको समाचार आइतबारको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा समाचार छ ।
नेपाल र भारतबीच विराटनगरको जोगबनीसहितका नाकाहरुमा संयुक्त चेकपोष्ट राख्ने तयारी भएको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी