आन्दोलनकारीका माग समेट्न प्रमुख दलको साझा संशोधन प्रस्ताव

काठमाडौं, भदौं १९ । प्रमुख चार दल संघीयताको सिमाङ्कनमा असन्तुष्ट पक्षका माग सम्बोधन गर्न सहमत भएका छन् ।

फोटो सौजन्य : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार विहान बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले आन्दोलनकारीका माग सम्बोधन गर्न संविधानसभामा साझा संशोधन प्रस्ताव दर्ता गर्न सैद्धान्तिक सहमति गरेको हो ।
संशोधन दर्ता गर्ने शनिवार अन्तिम दिन भएकाले प्रस्ताव तयार पार्न चार दलको बैठक दिउँसो बसेर टुंगो लगाउने एमाले नेता माधवकुमार नेपालले बैठकपछि जानकारी दिए ।

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संशोधन प्रस्ताव दर्ता गर्ने समय केही दिन बढाउन प्रस्ताव गरे पनि एमाले अध्यक्ष केपी ओलीले संविधान लेखनको प्रक्रिया कुनै पनि हालतमा लम्ब्याउन नहुनेमा जोड दिएका थिए ।
संघीयताको सिमांकनका विषयलाई लिएर विभिन्न क्षेत्रमा प्रदर्शन चर्किंदै गएपछि दलहरुले आन्दोलित दल र समुदायका माग सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनको संयुक्त प्रस्ताव तयार पार्न लागेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी