यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु, सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन भएको सरकारको भनाई

अबुधाबी,  भदौ १९ । यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार विस्फोटनमा परी ज्यान गएको समाचारमा जनाइएको छ ।
मारिनेमा संयुक्त अरब एमिरेट्स युएईका ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।
सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ भने एउटा अर्को समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि भनिएको छ ।
यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकार विरुद्ध विद्रोह गरिरहेको हुथी विद्रोही समूहले भने आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ । युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायका विरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिनुभएको छ ।
युएइले पनि गएको वर्षदेखि यमनमा सुरु भएको विद्रोहीहरुका विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि सम्लग्नता रहेको छ । रासस/एएफपी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो