डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री

फोटोः रासस ।

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले शनिबार विज्ञप्ति जारी गरी उनको दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गरेका छन् ।

होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उनले व्यक्त गरेका छन् ।

‘उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपांगता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुर्‍याउन सकिने रहेछ भन्ने सन्देश दिएको छ’–विज्ञप्तिमा भनिएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना