बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु

काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

टेक्सासका १९–वर्षीय डेलियन एलेन्सो स्मिथले मंगलबार दिउँसो हटसन दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साइ फोटो लिँदैगर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्र्दै सेल्फी (फोटो) लिँदै थिए ।

तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागी खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ ।

स्मिथले फोटो लिँदै गर्दा उनका भतिज भने सँगै रहेको अर्को कोठामा बसिरहेको बुझिएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ