बन्दमा पैसा असुल्न बमआतंक

काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् ।

बन्दकर्ताको नाम लिएर चन्दा माग्दा नदिनेलाई निशाना बनाएर धम्की दिनेहरुले शृंखलाबद्ध सुतली बम विस्फोट गराउँदै आएको रहस्य खुलेको हो ।

बम विस्फोट गराएर व्यवसायीलाई आतंकित बनाएपछि रकम असुल्न सहज हुने भएकाले सीमापारिबाट ल्याइएका शक्तिशाली पटाकालाई सुतलीले बेरेर विस्फोट गराउन थालिएको प्रहरीको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ  ।

बम विस्फोटमा संलग्नको खोजी तीब्र बनाउने क्रममा पम्प सञ्चालकसँग भिन्न–भिन्न समूहले रकम मागेको तर नदिएपछि बम विस्फोट गराएर आतंकित बनाउन थालेको अप्रेसुनमा संलग्न एक प्रहरीले जानकारी दिए ।

यद्यपि, प्रहरीले बम विस्फोट गराउने आपराधिक समूह हो वा आन्दोलनकारीमध्येकै हो खुलाउन चाहेको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’