पशुपतिमा विद्युतीय शवदहन सुरु

फाइल फोटो

काठमाडौं, भदौ १९  । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ । परीक्षणबाट शवदहनगृह सफल देखिएको कोषले जनाएको छ ।

त्यसक्रममा बिहीबार एक वेवारिसे शवको दहन गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीले गत ४ साउनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाएको वेवारिसे शव परीक्षणस्वरुप दाहसंस्कार गरिएको हो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

गृहमा जडान गरिएको यन्त्रमा बिहीबार बेलुकी र अर्को यन्त्रमा शुक्रबार शवदहन गरिएको छ । पहिलो र दोस्रो शवदहन परीक्षणबाट विद्युतीय शवदहन प्रक्रिया वातावरण मैत्री पाइएको शवदहन कार्यमा संलग्न कोषका विद्युतीय प्राविधिक नरबहादुर पुरीले बताए ।

शवदहगृहलाई असोज एकदेखि नियमित सञ्चालनमा ल्याइने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका