नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु

काठमाडौँ, भदौ १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ ।

निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु बोकेर अपराह्न २:०० बजे मुम्बईतर्फ उडान भरेको हो । यसअघि सन् २००५ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–मुम्बई उडान बन्द गरेको थियो ।

निगमको पछिल्लो दुई गन्तव्य उडान थप भएसँगै सात गन्तव्य पुगेका छन्, जसमा भारतका नयाँ दिल्ली, मुम्बई र बैंग्लोर, हङ्कङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा छन् ।

पछिल्लो समय निगमले नयाँ एयर बस भित्र्याएपछि मुम्बई उडान सुरु गरिएको हो । सुरुमा साताको दुई दिन सोमबार र शुक्रबार उडान भर्ने निगमले जनाएको छ ।

मुम्बईका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २० हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो ।

सुरुमा साताको दुई दिन मुम्बई उडान सुरु गरेको निगमले पछि सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरिरहेको छ । रासस,

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी