विश्वकै होचा डाँगीको निधन


काठमाडौँ, भदौ १८ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।

पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समवाको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उहाँ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ जानुभएको थियो ।

उहाँका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उहाँका भतिजा दोलखले उहाँका हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गर्नुभएको छ ।

डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गतेसल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उहाँको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।

चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा