सम्पदा पुनःनिर्माणमा १५ अर्ब

काठमाडौँ,  भदौ १८ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् ।

भूकम्प अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट र गोरखाका सम्पदामा धेरै क्षति पुगेको छ ।

स–साना धेरै सङ्ख्यामा चैत्य, गुम्बा, माने तथा छोर्तेन नोक्सान पुगेको छ । बौद्ध दर्शन तथा साहित्यमा महत्वपूर्ण मानिएका महायानी सम्प्रदायका प्राचीन तथा ऐतिहासिक विशेषता बोकेका ५०० वर्ष पुराना सम्पदासमेत भत्किएका छन् ।

समितिमा दर्ता हुन बाँकी तीन हजारभन्दा बढी गुम्बा छन् । समितिका अध्यक्ष कर्मा लेग्सेले पाँच वर्षभित्र ती सम्पदा मर्मत तथा जीर्णोद्धार गर्ने योजना राखिए पनि सरकारको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक हुने बताए ।

उनले विदेशमा बसेका नेपाली तथा गैरनेपालीले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ती सम्पदा निर्माणमा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’