बालकको एक तस्वीरले विश्वभर खलबली

काठमाडौं, भदौ १८ । तीन वर्षीय सिरियाली आप्रवासी बालक टर्कीको एक समुद्री तटमा मृत भेटिएको तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर हलचल मच्चाएको छ ।

रातो टिसर्ट लगाएका बालकको तस्वीर टर्कीको समाचार संस्थाले जारी गरेपछि उक्त तस्वीर ‘समुद्री तटमा बगेको मानवता’ ह्यासट्यागमा ट्वीटरमा विश्वभर प्रमुख चर्चाको विषय (ट्रेन्डिङ) भएको छ ।

अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा बालक भेटिएका थिए । टर्कीबाट ग्रीसतर्फ शरणका लागि गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय ती बालक आफ्ना ५ वर्षीय दाजु र आमासँगै डुंगा पल्टिँदा डुबेका थिए ।

ती बालकको शव स्थानीय एक माझीले फेला पारेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले ती बालकको मार्मिक तस्वीरहरु प्रकाशित गरेका छन् ।

उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको जनाइएको छ । यसअघि ती बालकको परिवारले क्यानडामा शरणका लागि निवेदन दिए पनि अस्वीकृत भएको थियो । समुद्र हुँदै युरोप जान खोजेका धेरै व्यक्तिले यो वर्ष ज्यान गुमाइसकेका छन् । (एजेन्सी)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना