नेपालमा अब दुई लाख ८४ हजार निरक्षर

काठमाडौं, भदौ १८ । सरकारले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्यांकमध्ये सबैभन्दा बढी निरक्षर तराईका आठ जिल्लामा देखाइएको छ ।

तथ्यांकअनुसार तराईको सर्लाहीमा ३५ हजार तीन सय १९, महोत्तरीमा ४० हजार तीनसय तीन, धनुषामा १० हजार ६ सय ७८, बारामा चार हजार नौ सय १५, पर्सामा नौ हजार एक सय पाँच र रौतहटमा ६ हजार एक सय ९० जना निरक्षर रहेका समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

जनसंख्याको आधारमा हुम्लामा २२.८ प्रतिशत, महोत्तरीमा २०.४ प्रतिशत, डोटी र रसुवामा १९.३, रोल्पामा १८.३ प्रतिशत र रुकुममा १७.७ प्रतिशत निरक्षर छन् । यो संख्या कुल जनसंख्याको साढे सात प्रतिशत हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’