मन्त्रीको ध्यान सोलारतिर, सचिवको जोड डिजेल प्लान्ट

काठमाडौं, भदौ १८ । वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्युनीकरण गर्ने योजनामा समेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीविच विवाद देखिएको छ ।

सरकारले आगामी हिउँदमा दैनिक ८ घन्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्ने सार्वजनिक गरेर जनतामा त्रास फैलाइरहेका बेला मन्त्री र सचिवविच विवाद देखिएको हो ।

मन्त्रीले सोलार र सचिवले डिजेल प्लान्टतिर जोड दिएका छन् । मन्त्री ज्ञवालीसंगै छलफल गरेर राष्ट्रिय विकास समधान समितिको पूर्वतयारी बैठकमा सरकारले घोषणा गरे अनुसार आगामी दुई वर्षभित्र लोडसेडिङ न्यूनीकरण गर्ने सम्भावना नरहेको भन्दै १५० मेगावाटको थर्मल प्लान्ट स्थापना गर्ने प्रस्ताव उर्जा सचिव क्षेत्रील गरेका थिए ।

पहिले सचिवको प्रस्तावप्रति सकारात्मक रहेकी मन्त्री ज्ञवाली पछि भने ३ सय मेगावाट क्षमताको सोलार ल्याउने पक्षमा उभिएको समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ