फिफा वरियतामा एक स्थान तल झरेको नेपाल दक्षिण एसियाको पुछारमा

काठमाडौँ, भदौ १७ । विश्व फुटबल महासङ्घ ९फिफा०को वरियतामा एक स्थान तल झर्दै नेपाल १८५औँ स्थानमा पुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रमा सबैभन्दा पछाडि परेको छ । सार्क क्षेत्रका मुलुकको १३०औँ स्थानमा रहेको अफगानिस्तान शीर्ष स्थानमा छ, उसले चार स्थान सुधार गरेको हो । भारत एक स्थान सुधार गर्दै १५५औँ स्थानमा पुगेको छ ।

भुटान १६४औँ स्थानमा कायम रहँदा १७०औँ स्थानमा रहेको पाकिस्तान एक स्थानमाथि उक्लन सफल भएको हो । तीन र दुई स्थान तल झरेका बङ्गलादेश र माल्दिभ्स क्रमशः १७३ र १७७औँ स्थानमा छन् भने दुई स्थान नै घटुवा भएको श्रीलङ्का १८४औँ स्थानमा छ ।

यो महिना फिफाको विश्व वरियताको शीर्ष सात टोलीमा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौँ, पोर्चुगल छैटौँ र रोमानिया सातौँ स्थानमा कायम छन् ।

दुई स्थान सुधार गरेको चिली आठौँमा छ भने वेल्स नवौँ स्थानमा यथावत हुँदा इङ्ग्ल्याण्ड दुई स्थान तल झर्नका बाबजुद दशौँ स्थानमा रहन सफल भएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा