सार्वजनिक यातायातको भाडा समायोजन हुने

काठमाडौँ, भदौ १७ । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको ३७ औँ बैठकले सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले पेट्रोलियम पदार्थको मूल्य घटिरहेका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी सार्वजनिक यातायातको भाडादर घटाउने र पूर्वनिर्णयानुसार पेट्रोलियम पदार्थको मूल्य घट्दा स्वचालित रूपमा भाडादर समायोजन हुने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले बजारमा अतिआवश्यक खाद्यान्न, इन्धन, यातायातलगायत अन्य अत्यावश्यकीय वस्तु तथा सेवाको सहज एवम् सुलभ आपूर्ति व्यवस्था मिलाउन एवम् आपूर्ति व्यवस्था र मूल्यको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’