आईक्याप महिला व्यूरोको अध्यक्षमा सुजाता

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला एशियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलन (आईक्याप) महिला व्यूरोको अध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।

 

अरवैजनको बाकुमा विहीबार सम्पन्न भएको आईक्यापको तेस्रो साधारणसभाबाट महिला व्यूरोको अध्यक्ष कोइराला निर्वाचित भएकी हुन् ।
एसिशयाली राजनीतिक दलका शीर्ष नेताहरु र शीर्ष महिला नेतृहरुको तीन दिने सम्मेलन एशियाको आर्थिक विकास र राजनीतिक सहकार्यमा निरन्तरता दिदै आज सकिएको हो ।नेतृ कोइराला यसअघि आइक्यापको स्थायी समिति सदस्य र महिला व्यूरोको उपाध्यक्ष थिइन । उनी नेपाली काँग्रेस विदेश विभाग प्रमुख समेत हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?