सभामुखको सरकारलाई एकै दिन तीन निर्देशन

काठमाडौं, भदौ १७ । सभामुख सुवास नेम्वाङले एकै दिन सरकारलाई तीन वटा निर्देशन दिएका छन् ।
विहीबारको संसदको बैठकमा सभामुख नेम्वाङले संघीयताको सिमाङ्कनका विरोधमा भइरहेको आन्दोलन, तराईका जिल्लाको सुख्खा क्षेत्र र हज कमिटीको विवादका विषयमा संसदलाई सत्यतथ्य जानकारी दिन सरकारलाई निर्देशन दिएका हुन् ।
नेम्वाङले आन्दोलन र हज कमिटीका विषयमा गृहमन्त्री बामदेव गौतम र सुख्खा क्षेत्रबारे सिंचाईमन्त्री एन.पी.साउँदलाई संसदमा जवाफ दिन निर्देशन दिएका छन् । दुबै मन्त्रीले भदौ २० गते बस्ने संसद बैठकलाई जवाफ दिनेछन् ।
संसदको विहीबारको बैठकमा सांसदहरुले आन्दोलनमा सरकारले ज्यादती गरेको, तराईको सुख्खा क्षेत्रप्रति सरकार मौन बसेको र हज कमिटी सधैं विवादमा पर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन माग गरेका थिए ।
प्रभु साह, नगेन्द्रप्रसाद थारु, रामदुलारी चौधरी लगायतका सांसद्हरुले संघीय सिमांकनलाई दिएर मुलुकका विभिन्न भागमा भैरहेको आन्दोलनलाई दमन गरेको आरोप लगाएका थिए ।
बैठकको शुरुमै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चिकित्सा क्षेत्रमा भएको भष्ट्राचारलाई लिएर सञ्चार माध्यममा आएको समाचारका सम्बन्धमा एक संसदीय समिति गठन गरी छनविन गर्न र दोषीलाई कारवाही गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी