एनओसी अध्यक्षमा जीवनराम, महासचिवमा टेण्डी

 

काठमाडौं, भदौ १७ । नेपाल ओलम्पिक कमिटी (एनओसीको) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

विहीबार भएको मतदानमा उनले आफ्ना प्रतिष्पर्धी उमेशलाल श्रेष्ठलाई ८ मतले पराजित गरेका हुन् । जीवनरामले १७ मत ल्याएका थिए । श्रेष्ठ एनओसीका निवर्तमान महासचिव हुन् । त्यसैगरी महासचिवमा टेण्डी शेर्पा विजयी भए । शेर्पाले छिमि उर्केन गुरुङलाई पराजित गरेका थिए ।

सहमहासचिवमा भने गोलाप्रथाबाट राजिव श्रेष्ठ बिजयी भए । श्रेष्ठ र चतुरानन्द बैद्यले समान १३/१३ भोट नै ल्याएपछि विजयका लागि गोला प्रथा गरिएको थियो । उपाध्यक्षहरुमा धीरेन्द्र प्रधान, ज्योति राणा, पुरेन्द्रबिक्रम लाखे र राजेन्द्र वान्तवा तथा कोषाध्यक्षमा रतन टण्डन निर्बिरोध निर्वाचित भएका थिए ।

सदस्यमा सञ्जी


व तुलाधर, रमेश श्रेष्ठ, निलेन्द्र श्रेष्ठ, तेज गुरुङ, दीपकहर्ष बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सलिम मियाँ अन्सारी र आङ टेण्डी शेर्पा विजयी भएका छन् ।


नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सरोकारवाला सबैहरुलाई समेटेर ओलम्पिक गतिविधिलाई ब्यापक बनाउँने प्रतिबद्धता जनाएका थिए । एनओसी कार्य समितिको कार्यकाल चार वर्षको हुन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका