नेपाल उपविजेता, अफगानिस्तान बन्यो यु–१९ प्रिमियर लिग च्याम्पियन

काठमाडौं, भदौ १७ । नेपाल एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपविजेतामा सीमित भएको छ ।

मलेसियामा सम्पन प्रतियोगितामा अफगानिस्तान शतप्रतिशत नतिजा निकाल्दै विजेता बनेको हो । ६ टोली सहभागी प्रतियोगितामा नेपालले अफगानिस्तानसँग ब्यहोरेको एकमात्र हारले उपविजेतामा चित्त बुझाउनुपर्‍यो ।

नेपालले विहीबार आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित गर्दा विहीबारै अफगानिस्तानले आयोजक मलेसियालाई ७ विकेटले हरायो । यो खेलमा अफगानिस्तानको ठूलो अन्तरको हारले मात्रै नेपाल उपाधि विजेता बन्ने अवस्था थियो । तर, उसले फराकिलो जित दर्ता गर्‍यो ।

क्वालालम्पुरस्थित किन्नरा ओभल मैदानमा मलेसियाले दिएको १०६ रनको विजयी लक्ष्य अफगानिस्तानले १७१ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टाएसँग ऊ च्याम्पियन बनेको हो ।

प्रतियोगितामा अफगानिस्तानले सबै प्रतिद्धन्द्धीलाई हराउन सफल भयो । नेपालले युएई, मलेसिया, कुबेत र साउदी अरेबियालाई हरायो भने दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

राउन्ड रोबिन लिगको आधारमा भएको यस प्रतियोगिताको शीर्ष ३ मा रहन सफल अफगानिस्तान, नेपाल र मलेसिया यु–१९ एसिया कपका लागि भने छनोट भएका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना