३५ प्रतिशत इन्धन मूल्य घट्दा भाडा घटेन

काठमाडौं भदौ १७ । सरकारले दुई बर्षको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले घटाउँदा पनि यातायात व्यवसायीहरुले सवारी भाडा दर भने घटाएका छैनन् ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि नहुँदै भाडा बृद्धि गर्ने यातायात व्यवसायीहरु मूल्य घट्दा भाडादर घटाउन उत्तरदायी देखिंदैनन् ।  यातायात क्षेत्रमा ९९ प्रतिशत निजी क्षेत्र हावी भएकाले यातायातका अधिकारीहरु भाडा घटाउन छोडेर टुलुटुलु हेरर बस्छन् भनेर विहीबारको कान्तिपुर दैनिकको पृष्ठ १५ मा समाचार प्रकाशित भएको छ ।
२०७० फागुनमा पेट्रोलको मूल्य १४० रुपैया र डिजेलको मूल्य १०९ रुपैया पुग्दा यातायात व्यवसायीहरुले भाडा बढाएका थिए । २०७२ साल भदौमा पेट्रोलको मूल्य १०४ र डिजेलको मूल्य ८२ रुपैया घट्दा पनि दुई बर्षयताको भाडादर जस्ताको तस्तै छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा