एमाओवादीमा सभासद्ले संशोधन हाल्न पाउने

काठमाडौं, भदौ १७ । संविधानसभाको तेश्रो ठूलो दल एकीकृत माओवादीले संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न सभासद्हरुलाई छुट दिएको छ ।

संविधानसभाका पहिलो र दोश्रो ठूला दल काँग्रेस‐एमालेले पार्टी नीति विपरित संशोधन प्रस्ताव दर्ता गर्न प्रतिबन्ध गरेको अवस्थामा माओवादी भने लचिलो भएको हो ।
एमाओवादीको बुधवार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले पार्टी नेतृत्वको सल्लाहमा संशोधन प्रस्ताव दर्ता गर्न पाउने व्यवस्था गरेको समाचार विहीबारको कान्तिपुर दैनिकको पृष्ठ २ मा समाचार छ ।
समाचारमा पार्टी प्रवक्ता दिनानाथ शर्माले भनेका छन्, ‘सभासद्हरुलाई नेतृत्वसँग सल्लाह गरेर संविधानको विधेयकमा चित्त नबुझेका प्रावधानमाथि संशोधन हाल्ने निर्णय भएको छ । संविधानसभामा व्हीप नलाग्ने भएकाले मतदानका क्रममा पार्टीकातर्फबाट व्हीप नलगाइने भएको छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी