भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

इलाम, भदौ १७ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताए ।

भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन । उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ ।

भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन् । तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई