एक अक्षर सच्याउन २० हजार !

काठमाडौं, भदौ १७ । निरन्तरको बन्द छल्दै कैलालीका मणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन तीन दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे ।

प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती भएपछि सच्याउन भट्टले यति ठूलो रकम जम्मा गरेर लामो दुरीको यात्रा तय गर्नुपरेको हो ।

एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी यतिबेला राजधानीमा छोराको सच्चिएको प्रमाणपत्र कुरेर बसेका छन् । ‘एक त लामो दुरीको बाटो, त्यसमा पनि अहिले बन्दको समय छ’–उनी भन्छन्–‘होटलमा बसेर एक साता कुरेरै भए पनि लिएर नै जाने सोचाइमा छु ।’

संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा रहेका बेला सीमांकनसहितको संघीयतालाई लिएर ठाउँठाउँमा तनाव भइरहँदा नागरिकले भने केन्द्रीकृत व्यवस्थाका कारण यस्तो हैरानी बेहोर्नुपरेको छ । आफूले सही नाम लेख्दा पनि कर्मचारीले टाइपमा गरेको गल्तीका कारण उनले नचाहेर पनि काठमाडौं धाउनुपरेको समाचार आजको राजधानी दैनिकमा छ ।

एक मात्र अक्षर फरक पर्दा भट्टले झन्डै २० हजार रुपैयाँ र १२र१३ दिन समय खर्चिनुपरेको हो । जिल्लामा नभए पनि निजकका जिल्लामा सेवा पाउने भए काठमाडौंसम्म धाउनु नपर्ने उनले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज