सार्वजनिक स्थलमा पोस्टर पम्प्लेट टाँस्न सर्वोच्चको रोक

काठमाडौं, भदौ १७ । सर्वोच्च अदालतले विज्ञापनका नाममा राजधानीका सार्वजनिक स्थलहरुमा पोष्टर र पम्प्लेटहरु टाँस्न रोक लगाएको छ ।

सर्वोच्चले सार्वजनिक स्थलमा टाँसिएका पोष्टरले शहरको सौन्र्दयमा असर पुर्याएको भन्दै बुधबार यस्तो फैसला गरेको हो ।

सर्वोच्चले यसअघि टाँसिएका पोस्टरहरु तत्काल हटाउन सरकारको नाममा समेत परमादेशको आदेश जारी गरेको छ । वातवरणीय विकास तथा संरक्षण कानुन मञ्चका तर्फबाट दायर रिटमा अन्तिम फैसला गर्दै सर्वोच्चले यस्तो आदेश गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलाशले विज्ञापनमा नाममा सार्वजनिक स्थलमा टाँसिएका पोष्टरहरु हटाउन आदेश दिएको छ ।

शहरको सन्दौर्य नै नष्ट हुने गरी रत्नपार्क, राष्ट्रिय सभा गृह, पुतली सडक, कलंकी, नयाँ बसपार्क, चावहिल चोक, एयरपोर्टलगायत काठमाडौं महानगरपालिकाका सम्पुर्ण क्षेत्रका पर्खालहरु, घरको कौशी, छाना, विजुलीको फलाम र सीमेन्टको पोलमा राजनीतिक, संघ संस्था र अन्य अनधिकृतरुपमा व्यवसायिक नारा, विज्ञानपन बोर्डहरु, विज्ञापनहरु सहितका भित्ते लेखन, पोष्टर, पम्पलेट टाँसिएको दाबी रिटमा गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ