किन पक्राउ परे आङकाजी शेर्पा ?

काठमाडौं भदौ १७ । जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडियामा सामाजिक सद्भाव बिथोलिने पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध मशाखाले बौद्धबाट उनलाई पक्राउ गरी ल्याएको एसएसपी सर्वेन्द्र खनालले बताए ।

के लेखेका थिए आङकाजीले?
फेसबुकमा आङकाजी शेर्पाको नाउँमा रहेको अकाउन्टमा गृहमन्त्री बामदेव गौतमलाई हत्यारा भन्नेसम्मका स्ट्याटस राखिएको पाइएको छ । ‘वीरगञ्जमा शान्तिपूर्ण आन्दोलनमाथि गोली प्रहार गर्ने र दिलिप चौरसियाको हत्यारा गृहमन्त्री बामदेव गौतमलाई बर्खास्थ गर’, मंगलबार बिहान ६ वटा फोटोसहित ९ः४४ बजे उनको फेसबुक स्ट्याटसमा लेखिएको समाचार आजको नागरिक दैनिकमा छ ।

निजी तथा सामाजिक गतिविधिहरु सबै अपडेट हुने उनको फेसबुक अकाउन्टमा फेसबुककै नियमविपरित ग्राफिक्स कन्टेन्टहरु समेत अपलोड हुने गरेका थिए । अरु मान्छेलाई हानी पुर्याउने किसिमका त्यस्ता कन्टेन्टहरुलाई फेसबुक आफैँले ‘ग्राफिक्स कन्टेन्ट’ भनेर फोटो बाहिर खतराको सूचनासहित कालो पोतिदिएको पाइएको छ ।

नेपाल आदिबासी जनजाती महासंघका पूर्व महासचिव आङकजी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् । फेसबुकको उनको अकाउन्टसँग २५ हजार व्यक्ति आवद्ध छन् । उनका ५ हजार फेसबुक फ्रेन्ड छन् । २० हजार ६८४ उनको अकाउन्टलाई फलो गर्छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी