५६ रनको लक्ष्य नेपालले ५४ बलमै भेट्टायो, साउदीमाथि शानदार जित

काठमाडौं, भदौ १७ । नेपालले एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा विहीबार भएको खेलमा साउदी दिएको ५६ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका सुनिल धमलाले अविजित रहँदै ३४ र कप्तान राजु रिजालले अविजित रहँदै १४ रन जोडे । शंकर राना भने ४ रनमै पवेलियन फर्किए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले सबै विकेट गुमाएर ५५ रन मात्रै जोडेको थियो । साउदी टोली ३३ दशमलव २ ओभरमा अलआउट भएको हो ।

साउदीका दुई खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सके । साउदीका दुई शून्य रनमै र ४ खेलाडी मात्र १ रन जोडेर आउट भए ।

खेलमा नेपालका बलरहरुले शानदार प्रदर्शन गरे । नेपालका सुशील कँडेलले एक्लैले १० ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ४ विकेट लिए । ६ ओभर बलिङ गरेका सुनिल धमलाले ३ रन मात्र दिएर २ विकेट झारे । यस्तै, प्रेम तामाङले २ विकेट लिए ।

प्रतियोगिताकै कमजोर मानिएको साउदीमाथि नेपालले फराकिलो जित जित निकालेको हो ।

आजकै अर्को खेलमा अफगानिस्तान र मलेसियामा भिडिरहेका छन् । यसमा अफगानिस्तान ठूलो अन्तरको हारेमा नेपाल उपाधि विजेता बन्न सक्छ ।

६ टोली सहभागी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो भने अरु खेलमा नेपालले फराकिलो जित दर्ता गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’