दुई दर्जन विधेयक प्रमाणिकारण
काठमाडौँ, भदौ १६ । व्यवस्थापिका–संसदले दुई दर्जन विधेयक पारित गरी प्रमाणिकरण भएका छन् ।
संसदको बुधवारको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७२ लगायत २४ वटा विधेयकलाई अनुमोदन गरेको हो ।
संसद्मा ७१ विधेयक तथा अध्यादेश र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि दर्ता भएकामा ४४ विधेयक र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि छलफलसाहित पारित हुने क्रममा छन् ।
पहिलो अधिवेशनबाट संबैधानिक परिषद्को कामकर्तव्य र अधिकार, सम्पति शुद्धीकरण, कसुरजन्य सम्पत्ति नियन्त्रण, पारस्पारिक कानुनी सहायता, संविधानसभा सदस्य निर्वाचन, सङ्गठित अपराध, स्वास्थ्य सेवा, बेपत्ताको छानबिन तथा सत्य निरुपणलगायत १४ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रमाणीकरण भएको
छन् ।
यसअघि नै दोस्रो अधिवेशनमा निजामती सेवा ऐन, बोक्सी, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, राष्ट्रिय युवा परिषद्, सरकारका अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका साथै बजेटसँग सम्बन्धित विनियोजन, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक तथा पेस्की खर्च २०७१ प्रमाणीकरण भइसकेको छ ।