नहरमा डबेर एकै घरका दुई बालिकाको मृत्यु

कपिलवस्तु, भदौ । कपिलवस्तुमा वाणगंगा सिँचाइ प्रणाली नहरमा डुबेर एकै घरका दुई जना बालिकाको मृत्यु भएको छ ।

निग्लिहवा गाविस–९ का युसुब अन्सारीका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सात महिनाकी यसमिन अन्सारी र तीन वर्षकी अफ्रिन अन्सारी रहेका छन् ।

घर नजिकैको नहरमा कपडा धुने क्रममा आफ्नी आमा ताहेरा खातुनसँगै रहेका दुई बालिकामध्ये कान्छी यसमिन नहरमा डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी जहदीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर क्षेत्रीले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल