प्रहरीका हत्यारालाई कारबाही गरी छाड्छौं : डीआइजी नेपाल

कन्चनपुर, भदौ १६ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुगेका नेपालले मृतकका परिवारलाई हत्यामा संलग्न जो कोही भए पनि कारबाही हुने आश्वासन दिए ।

फाइल फोटो

‘टीकापुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौँ’–सो अवसरमा उनले भने ।

उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने प्रहरी नायब महानिरीक्षक नेपालले बताए ।

उनले मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने बताए ।

थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा परी प्रहरी निरीक्षक विष्टको भदौ ७ गते हत्या गरिएको थियो भने घटनामा घाइते भएका प्रहरी हबल्दार नेगीको उपचारको क्रममा भदौ ८ गते मृत्यु भएको थियो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना