ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मत्यु

भक्तपुर, १६ भदौ । ट्रकको ठक्करबाट भक्तपुरमा बुधबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

इँटा बोकेको बा३ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदलयात्री सिस्नेरी–८, ओखलढुंगा घर भइ भक्तपुर जगाती बस्ने २६ वर्षीय विनोद राईको मृत्यु भएको हो ।

ठक्कर दिएलगत्तै उपचारका लागि मध्यपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा निजको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

ट्रक चलाउने नुवाकोट बेतिनी घर भइ भक्तपुर बस्ने १९ वर्षीय खलासी दावा तामाङ र ट्रकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको उनले बताए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल