प्रहरी स्कर्टिङमा दुई सय मालबहाक गाडी पठाइयो

वीरगन्ज, भदौ १६ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ ।

सीमांकनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषणाले अलपत्र अवस्थामा रहेको दुई सय मालबाहक बाहनलाई बुधबार बिहान सुरक्षाकर्मीले सुरक्षा दिएर गन्तव्यतर्फ पुर्‍याएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

फोटोः उपेन्द्र महतोको फेसबुकबाट ।

जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा कायम गराउन सदरमुकाम वीरगन्ज क्षेत्रलाई अर्को आदेश नभएसम्मका लागि क्रमशः निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसैबीच, सीमांकनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषणाका कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ ।

लामो समयदेखिको बन्द र हडतालका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रु १० अर्बभन्दा बढीको क्षति भइसकेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष प्रदीप केडियाका अनुसार यो औद्योगिक करिडोरमा उद्योग, व्यापार, विद्युत, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र, श्रम बजारलगायतमा एक दिन मात्र बन्द हुँदा करिब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी हुन्छ ।

बन्दले आजित भएका उद्योगी–व्यवसायीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई बन्द निषेधित क्षेत्र घोषणा गर्न मागसमेत गरेका छन् ।

यो औद्योगिक क्षेत्रभित्र सानाठूला गरी हजारभन्दा बढी उद्योग छन् । बन्दका कारण १८ दिनदेखि उद्योग ठप्प छन् । बन्द, निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषणाले सबैभन्दा बढी दैनिक ज्यालादारीमा कार्यरत मजदुर प्रभावित भएका छन् ।

यस क्षेत्रमा झन्डै २० हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि

सांसद गिरीको आरोप- देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान्(भिडियाेसहित)