बुधबार एकाबिहानै पराकम्पन
काठमाडौं, भदौ १६ । बुधबार बिहानै भूकम्पको एकवटा पराकम्पन आएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दू भएर ४.४ रेक्टर स्केलको पराकम्पन आएको हो । यो गत वैशाख १२ को शक्तिशाली भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ छ ।
वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ३८८ वटा पराकम्पन मापन भइसकेका छन् ।