साफ यु–१९ च्याम्पियनसिप विजेता खेलाडीलाई जनही दुई लाख

काठमाडौँ, भदौ १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो साफ यु–१९ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको एन्फाले जनाएको छ ।

फोटोः एन्फा ।

गत शनिबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाली फुटबलको इतिहासमा नेपालले २२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

यस्तै, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि उक्त टोलीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा