पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य अब १४ सय रुपैयाँ
काठमाडौँ, भदौ १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ ।
मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८४ रुपैयाँ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि १४ सय ३५ रुपैयाँ भएकामा अब १४ सय रुपैयाँ हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको निगमले जनाएको छ ।