काँग्रेस महाधिवेशन अनिश्चित

 

काठमाडौं भदौ १५ । सत्ताधारी दल नेपाली काँग्रेसको १३ औं महाधिवेशन फेरि सरेको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार बसेको केन्द्रिय समिति बैठकले पार्टी महाधिवेशन अब नयाँ संविधान जारी भएपछि वा अन्तरिम संविधानको संशोधनपछि मात्र तोकिने भएको छ ।

आगामी असोज २–५ गतेसम्म काठमाडौंमा निर्धारण गरिएको काँग्रेसको महाधिवेशन मंगलवार बसेको केन्द्रिय समिति बैठकले स्थगित गरेको प्रवक्ता दिलेन्द्र वडुले जानकारी दिएका छन् ।

भदौको १७ गतेदेखि पार्टीका गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन हुने भनिए पनि केन्द्रिय समितिले अर्को सूचना नहुँदासम्म भन्दै मिति समेत तोकेको छैन् ।

१२ औं महाधिवेशनबाट चार बर्षका लागि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि पार्टीको विधानमा भएको व्यवस्था अनुरुप एक बर्ष थप गरिएको थियो।

अब पनि महाधिवेशन गर्न नसक्दा काँग्रेसलाई संवैधानिक संकट आउनेछ । त्यसैले काँग्रेस अन्तरिम संविधानमा रहेको पाँच बर्षे कार्यकाल संशोधनका लागि अन्य दलहरुसँग परामर्श गरिरहेको छ ।

महाधिवेशनको मिति तोक्दै पटक पटक सारिएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’