नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु

काठमाडौँ भदौ १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ ।

निगमको एयरबस ए ३२०-२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–बैङ्लोर उडान बन्द गरेको थियो ।

छिल्लो समय निगमले नयाँ एयरबस भित्र्याएपछि बैङ्लोर उठान सुरु गरिएको र सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ ।

बैङ्लोरका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २१ हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंशाकारले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली र विदेशीलाई समान भाडादर कायम गरिएको छ । बैङ्लोरबाट ४० जना यात्रु बोकेर निगमको एयरबस भारतीय समयअनुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि उडान गर्नेछ । यात्रुले दुईवटा टिकट किन्दा एउटा निःशुल्क पाउने निगमले जनाएको छ ।

बैङ्लोरबाट बिदा मनाउन नेपाल आउने र नेपालबाट बैङ्लोर जाने यात्रुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा