टोकियोमा स्याम्पी खड्का बनिन् तीज सुन्दरी

टोकियो, भदौ १५ । जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।

जतिसुकै व्यस्त रहे पनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी ।

त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै गरेको नेपाली हिन्दू महिलाको महान् चाड तीजलाई लक्षित गरी टोकियोमा पहिलो पटक स्थानीय नेपाली महिला समूहले हालै तीज सुन्दरी प्रतियोगिता आयोजना ग¥यो ।

प्रतियोगितामा नेपाली कला संस्कृतिमा उत्कृष्ट कला प्रदर्शन गरेर स्याम्पी खड्काले उपाधि हात पारिन् । प्रतियोगितामा मनिषा खड्का प्रथम र स्मृति राई दोस्रो रनर अप भए । बालप्रतियोगीतर्फ सायुरी खड्काले उपाधि पाएकी छिन् ।

त्यस्तै, नृत्यतर्फ पवित्रा रेग्मीले उपाधि हात पारिन् । राम्रो प्रदर्शनतर्फ रेखा भट्टराई र व्यक्तित्वतर्फ सङ्गीता खत्री विजेता भइन् ।

एक सय ५० जना सहभागीमध्ये १२ प्रतिस्पर्धीबाट वेशभूषा, शृङ्गार, व्यक्तित्व र अभिनय तथा प्रतिभासहित विविध विधाका आधारमा सहभागीलाई उत्कृष्ट घोषित गरिएको प्रतियोगिताका निर्णायक बलराम निराकारले बताउनुभयो ।

तीजलाई लक्षित गर्दै जापानमा विभिन्न सङ्घसंस्थाले दर खानेदेखि नाचगानका कार्यक्रमसम्म सार्वजनिक गरेका छन् । ती कार्यक्रमहरु अर्कोसातादेखि लगातार तीजका दिनसम्म राखिएका छन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’