युक्रेनमा सुरु भयो अन्तर्राष्ट्रिय सैन्य अभ्यास

किभ,  भदौ १५। विगतका वर्षदेखि आन्तरिक सशस्त्र द्वन्द्वमा फसेको युक्रेनमा अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यास सुरु भएको समाचार छ । 

प्राप्त समाचारअनुसार युक्रेनको दक्षिणी क्षेत्रमा सोमबारबाट सो अभ्यास सुरु भएको छ । उक्त अभ्यासको आयोजना युक्रेनले गरेको हो र त्यसका सहभागी राष्ट्रहरुमा संयुक्त राज्य अमेरिका र मोल्दोभा पनि रहेका छन् ।
युक्रेनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार दक्षिणी युक्रेनको निकोलिभ क्षेत्रको सिरोकोलान्भिकमा सो अभ्यास सुरु भएको छ ।
उक्त क्षेत्रमा यी तीन देशका राष्ट्रिय झण्डा फहराउनुका साथै सहभागी देशहरुको राष्ट्रिय गान गाएर सोमबारबाटै सो अभ्यास सुरु गरिएको थियो ।
उक्त अभ्यास आगामी तीन हप्तासम्म सञ्चालन हुने छ । सो सैन्य अभ्यासमा युक्रेनका एक हजार समेत गरी तीन देशका दुई हजार ५०० सैनिक सहभागी भएका छन् ।
सैनिकले जल, स्थल र हवाई सैनिक अभ्यास सञ्चालन गर्नेछन् । विगतका केही वर्षदेखि राजीतिक सङ्कटमा परेको यस देशमा आगामी दिनमा सुरक्षा सहयोगको सन्देश दिने उद्देश्यले सो अभ्यास सुरु गरिएको बताइएको छ ।
उक्त अभ्यासका लागि १४ वटा पानी जहाज, विभिन्न साना ठूलागरी आठ वटा हवाई जहाज र सैनिक परेड एवम् अन्य कामका लागि करिब ९० वटा सवारी साधनको प्रयोग हुने छ । रासस÷सिन्ह्वा

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’