चौबीस घन्टामा अठार तालिवान मारिए

काबुल, भदौ  १५। अफगानिस्तानको गृहमन्त्रालयले अफगानिस्तानमा गएको २४ घन्टायता कम्तीमा पनि १८ जना तालिवान विद्रोही मारिएका जनाएको छ ।

अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा जारी कारबाहीका क्रममा कम्तीमा १८ जना आतङ्ककारी मारिएका अफगानिस्तानको गृहमन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गृहमन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।
अफगानिस्तानमा तालिवानको बढी प्रभाव रहेको मानिने प्राय क्षेत्रहरु नानगाहार, लाघमान, पर्वान, तखार, कुन्दुज र फर्याब, सारी ई पुल, बल्ख, जबुल ओरुज्गान, मैदान, वार्दाक, खोस्त, पाक्टिया र हेलमान्ड प्रान्तमा जारी कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । रासस÷सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो