भारतमा करिब ४ लाख ६० हजार मानिस बाढीबाट प्रभावित
नयाँदिल्ली भदौ १५ । उत्तरपूर्वी भारतको आसाम राज्यमा गएको केही दिनदेखि परेको ठूलो वर्षाका कारण बाढी आउँदा लाखौँ मानिस प्रभावित भएका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाढीले कम्तिमा पाँच जनालाई बगाएको जनाइएको छ ।
आसाम तथा मुख्य सहरी ईलाका तथा एक हजार भन्दा बढी गाउँमा ४ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित भएको इन्डो-एसियन न्युज सर्भिसले जनाएको छ ।
आसामका कैयौँ पूर्वी गाउँहरुमा अवस्था गम्भीर रहेको बताइएको छ । यहाँ ७०० भन्दा बढी गाउँ गएको दुई दिनभित्र डुबानमा परेका छन् । रासस/सिन्ह्वा