सर्पले डस्दा महिलाको मृत्यु

रसुवा, भदौ १५ । सर्पले डस्दा सरमथलीको पाटीखर्कमा एक महिलाको निधन भएको छ ।

स्थानीय दिलबहादुर लामाका अनुसार राति २ बजे रसुवा जिल्ला सरमथली गाविस–५ पाटीखर्कको आफ्नै घरभित्र सर्पले डसेपछि उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेको र त्यहाँ त्यसको औषधि नहुँदा ४१ वर्षीया कान्छीमाया तामाङको मृत्यु भएको हो ।

राजधानीको नजिक रहे पनि भौगोलिक विकटता भएको रसुवा जिल्लाका सबै स्वास्थ्य केन्द्रमा त्यस्ता औषधिको व्यवस्था गरिदिन नागरिक समाजले आग्रह गरेको छ ।

वरिष्ठ जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जिल्लास्तरमा बाहेक ग्रामीण स्वास्थ्य केन्द्रमा सर्पले टोकेको औषधि राख्ने प्रावधान नरहेको बताए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो