डेनेब एकेडेमीलाई मध्य क्षेत्रीय बास्केटबलको दोहोरो उपाधि

काठमाडौँ, भदौ १४। डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्यक्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ ।

प्याब्सन मध्यक्षेत्रीय समिति काठमाडौँद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेल जित्दै डेनेब छात्र र छात्रा दुवै समूहमा च्याम्पियन बन्यो ।अनामनगरस्थित एसियन पब्लिक स्कुलको खेल मैदानमा भएको छात्र फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले तथा छात्रा फाइनलमा डेनेबले हेम्सलाई १८–५ ले हराए । ब्वाइजमा काठमाडौँ इङलिस स्कुल ९केइएस० ले हेम्सलाई २४–२२ तथा गल्र्समा एसियन पब्लिकले मार्बलसलाई १७–२ ले पाखा लगाउँदै तेश्रो भए ।छात्रमा डेनेबका राजकुमार बोहरा र छात्रामा सोही विद्यालयकै आकृति मैनाली तथा ब्वाइजमा केइएसका एकेन्द्र ठकुरी र छात्रा एसियन पब्लिककी मोनिका थापा उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीलगायतले आज यहाँ पुरस्कृत गर्नुभयो । तीनदिने नकआउट प्रतियोगिताको छात्रमा १५ तथा छात्रामा १२ टोलीले सहभागिता जनाएका थिए । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ