गाउँलेले बनाइदिए प्रहरी चौकी भवन

गोरखाबजार भदौ १४ । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

दुई लाख रुपैया लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो ।

उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला÷पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । प्रहरीले गोरखा नगरपालिकाको ९, १० र ११ वडालाई शान्ति सुरक्षा दिन भौतिक संरचनाको अभाव झेल्दै आएको थियो ।

“स्थानीयसँग चन्दा उठाएर प्रहरी चौकी भवन बनाएका हौँ” भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले भने, – “थप भौतिक संरचना निर्माणमा पनि गाउँलेको सहयोग रहन्छ ।”

भवन निर्माण गरी सहयोग गरेकामा प्रहरीले गाउँलेलाई धन्यवाद दिएका छन् । तनहुँको आँबुखैरेनीदेखि गोरखाबजार आउने मुख्य राजमार्गको छेउमा एघारकिलोबजार पर्छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’