बन्दले कालोबजारी बढ्योे

जनकपुर, भदौ १४ । निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरु भएको छ ।

दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि सर्वसाधारणको जीवन कष्टपूर्ण भएको छ ।

तरकारीमा प्रतिकेजी २० देखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । प्याज, गोलभेडा, आलु, सिमी, भिन्डी, भन्टालगायतका तरकारीको मूल्य वृद्धिले किन्नै नसकिने उपभोक्ताको गुनासो रहेको छ ।

त्यस्तै, बन्दको नाममा पेट्रोलियम पदार्थको समेत कालोबजारी सुरु भएको छ । बन्दकर्ताले ठूलो सवारीसाधनमा रोक लगाएपछि दुईपांग्रे सवारीसाधनमा छुट दिए पनि पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारीका कारण मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनसमेत ठप्प हुने अवस्था सिर्जना भएको छ ।

जिल्लामा यतिबेला कालोबजारी गर्नेले प्रतिलिटर २०० रुपैयाँ सम्ममा पेट्रोल बिक्री गरिरहेका छन् भने खाना पकाउने ग्यासको पनि उस्तै समस्या रहेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी